नेपालगंज ८ माघ । कमिट नेपाल बाँकेले सिमान्तकृत बादी समुदायको जिवनस्तर उकास्नका लागि नेपालगंज उप महानगरपालिका लाई ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार कमिट नेपालको अगुवाईमा नेपालगंज उपमहानगर पालिकाका मेयर प्रशान्त बिष्ट र उप मेयर कमुरुद्दिन राय समक्ष ८ बुंदे ज्ञापन पत्र बुझाएकाहुन ।
८ बुदे ज्ञापनपत्रमा सिमान्तकृत समुदायको आर्थिक, सामाजिक, शैक्षिक, सिप विकास, ब्यबसायका लागी न्युनतम ब्याजमा आर्थीक लगानी, स्वस्छ खानेपानी, र आवासका कुराहरु समेटिएका छन । ज्ञापन पत्र बुझाएपछि उपमहानगर पालिकाका मेयर तथा उप मेयर ले स्थानीय सरकार सिमान्तकृत समुदायको विकासको लागी सधै सकारात्मक रहेको बताउदै उक्त सिमान्तकृत समुदायको विकासको लागी स्थानीय सरकारको बोर्ड बैठकमा आवश्यक निति नियम र निर्देशिका बनाई कमिटी वाट पास गराउने प्रतिबद्धता ब्यक्त गरेकाछन ।
नेपालगंज बांकेमा जिल्ला तथा स्थानिय स्तरका सिमान्तकृत समुदाय संजालका नेतृत्वकर्ताहरु परिचालन कार्यक्रममा कमिट नेपालका अध्यक्ष प्रकास नेपाली, जसपा का जिल्ला अध्यक्ष बुद्ध सुनार, जिल्ला तथा स्थानिय स्तरका सिमान्तकृत समुदाय संजालका अध्यक्षहरु, संस्थाका कार्यक्रमका कार्यक्रम संयोजक को सहभागीता रहेको थियो ।
युएस आई डि द एसिया फाउण्डेशनको आर्थिक सहयोगमा कमिट नेपालले सिमान्तकृत समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आईरहरको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय