कोहलपुर १२ माघ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बारेमा  भ्रमपूर्ण प्रचारबाजी भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन ।

उनले  उक्त सभाहलको ठेक्का आव्हान गर्दा , ठेक्का सम्झौता गर्दा देखि पटक पटक म्याद थप गर्दा समेत बहुउद्देश्यीय सभाहल बाहेक अन्य कुनै नाम गाउँपालिकाको अभिलेखमा नरहेको समेत जानकारी दिए । २०७६ बैशाख १७ गतेको ठेक्का आह्वान गर्दा बहुउद्देश्यीय सभा हल भनेर नामकरण गरेको ,   २०७६ बैशाख २४ गते ठेक्का सम्झौताको आशय सूचनामा बहुउद्देश्यीय सभा हल नै भनेर नामकरण गरिएको उनको भनाई छ ।

२०७७ / ७८ को सातौँ गाउँ सभा मा थप बजेट  सुनिश्चित गर्दा २०७७ असार २५ गते पास हुँदा समेत खजुरा बहुउद्देश्यीय सभा हल निर्माण भनी बजेट  बिनियोजन भएको गाउँपालिकाको अभिलेखमा रहेको उनको भनाई छ ।
यही माघ १० गतेका दिन उद्‌घाटन भएको सभाहलको नाम खजुरा बहुउद्देश्य सभाहल नामकरण गरिए सँगै नेकपा एमालेले विज्ञप्ति निकालेर विरोध जनाएको थियो । एमालेले सो सभाहलको मदन भण्डारी सभाहल नाम राख्न समेत माग गरेको छ ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानले खजुराको पहिचान हुने गरि खजुरा बहुउद्देश्य सभाहल नामकरण गरिएको भन्दै तथ्यहीन र विरोधका लागी विरोध नगर्न आग्रह गरेका छन । उनले आफ्नो फेेेसबुक पेज मार्फत शनिबार यस बिषयमा भ्रमित नहुन आग्रह गरेकाहुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय