नेपालगन्ज उप-महानगरपालिका १० स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहकार्यमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाँकेले मंगलवार आयोजना गरेको कार्यक्रममा
बाँकेका ५० जना पत्रकारहरुले निशुल्क स्वास्थ्य जाँच सहित औषधी उपचार गराएको प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द्र बोहराले जानकारी दिनुभयो ।
स्थापना दिवसकै अवसरमा शुभकामना दिदै नेकपा (माओवादी केन्द्र) स्थायी समिती सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदीले `प्रेस सेन्टर नेपालको गौरवपुर्ण इतिहास भएको र श्रमजीवी पत्रकारहरुको पक्षमा र समाज रुपान्तरणमा कलमको माध्यमबाट सधैव क्रियाशिल रहन सुझाउनु भयो । उहाँले ब्यवस्था परिबर्तनका लागि प्रेस सेन्टर नेपालले खेलेको भुमिका अविष्मणिय रहेको उल्लेख गर्नु भयो ।
यसैगरी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे `जेम्स´ले `प्रेस सेन्टरले रचनात्मक कार्य गर्दै आइरहेको र आज स्थापना दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेर नौलो कार्यको थालनी गरेको बताउनुभयो । उहाँले संगठनले यस्तै खालका सृनात्मक कार्य गरिरहन सुझाव दिनुभयो ।
यस्तै प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य शिब सुनार सेन्टरकै लुम्बिनी प्रदेस उपाध्यक्ष प्रदिप वाग्ले पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरि, प्रेस युनियन बाँके अध्यक्ष प्रीयास्मृती ढकाल, प्रेस चौतारी जिल्ला अध्यक्ष कमल डाँगी लगायतले शुभकामना दिनुभयो ।
स्वास्थ्य शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश बसेलले ५० जना पत्रकारहरुको निशुल्क चेक जाँच तथा औषधि वितरण गरेको बताउनु भयो । डा.बसेलले सबै पत्रकारहरुलाई नाक, कान तथा घाँटी रोग लगायतका रोगका बिषयमा परामर्श समेत दिनुभयो ।
२०६१ सालमा स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन क्रान्तिकारी पत्रकार संघ हुँदै प्रेस सेन्टर नेपालको रुपमा स्थापित संगठनको आज देशैभर विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाईएको प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य एवं बाँके ईन्चार्ज पुर्णा कमारी सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनका बाँके अध्यक्ष चन्द्र बोहराले गर्नुभएको थियो भने संगठनका बाँके सचिव पुष्पराज हमालले कार्यक्रम संचालन गर्नु भएको थियो ।