
कोहलपुर ५ फागुन। अखिल नेपाल सुकुम्बासी सङ्घ कोहलपुर नगर समितिले कोहलपुरले कोहलपुर ११ शान्तिनगरको सुकुम्बासी बस्ती विकल्प विहीन तवरले उठिवास नगराउन माग गरेको छ । झण्डै २ दशक देखि बसोवास गदै आएका दलित , भूमिहीन दलित तथा अव्यवस्थित बसोवासीले विकल्प विहीन तवरले हटाउनु न्यायोचित नहुने सङ्घका कोहलपुर नगर अध्यक्ष नरे नेपाली द्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालको संविधानले बसोबास लाई मौलिक अधिकारका रुपमा व्याख्या गरेको उल्लेख गर्दै विज्ञप्तिमा विकल्प विहीन तवर बाट हटाइए कडा सङ्घर्षमा उत्रने उल्लेख गरिएको छ ।
कोहलपुर ११ शान्तिनगर लामो समय देखि दलित , भूमिहीन दलित तथा अव्यवस्थित बसोवासी बसोवास गर्दै आएका छन । नेपालको संविधानमा एक पटकका लागी दलित भूमिहीन , भूमिहीन लाई बसोवासको व्यवस्था गर्ने उल्लेख छ तर सरकारले कानुन बनाउन नसक्दा संविधान बमोजिम कार्यान्वयनमा ढिलाई भएको छ ।