सजन आर सी

कोहलपुर साउन ९ । जाजरकोट कुशे गाउँपालिका ९ का मनसुर नेपाली (काल्ठेरे) ले दुबै आँखा देख्दैनन् । ६०-५६ वर्ष उमेरका उनका दुबै आँखाले काम गर्न छोडेपछि उनी अहिले साहारा बिहिन भएकाछन।

पहिले राम्रै देख्ने मनसुर नेपालीले एकहप्ता अघिदेखि दुबै आँखा एक्कासी नदेख्ने भएपछि उनी बेसाहरा भएकाहुन ।

अति गरिब भएको र जो कि साझ के खाने अनि बिहान के खाने अवस्था छन् । साझ बिहानको छाक टार्न पहिलेदेखि नै अर्काको ज्याला मजदुरी गरेर खान्र्थे । अहिले उनका दुईवटै आँखा एक्कासी बन्द भएपछि उनलाई हातमुख जोर्न निकै कठिन भएको छ ।

पिडितका आफ्न्त तथा स्थानिय युवाहरुको सक्रियतामा आँखाको उपचारको लागि रकम संकलन गर्न लागेका छन् । नविन सिंहका अनुसार मनसुर नेपालीका दुई छोरी, एक छोरा र श्रीमती छन् । घरपरिवारको अवस्था पनि नाजुक छ ।

नविन सिंहले आफ्नो नेतृत्वमा रकम संकलन गरिरहेको बताए । हालसम्म ३७ हजार १ सय ११ रुपैया संकलन भएको छ ।

विभिन्न व्यक्तिहरुले सहयोग गरेका हुन् । जसमा कुशे गाउँपालिका ९ निवासी हाल विदेशमा रहेका प्रेम रोकाय र नबयूक विवेक १०,०००, हाल काठमाडौ बस्दै आएका दिनेश रोकायले १००००, हाल काठमाडौमा बस्ने निर्मला शाह ५०००, खीम रोकाय ५०००, कैलाश सिंह ठकुरीले ४०००, कुशे—८ रोकाया यशा क्षेत्रीले २००० र कुशे ७ का गोबिन्द सिहले १ हजार १ सय ११ रुपैया सहयोग गरेका छन् ।

केही आर्थिक सहयोग संकलन गरेर उनको उपचारका लागि बाहिर काठमाडौ लैजाने अभियानमा स्थानियहरु लागिपरेकाछन । उनको सहयोगका लागि नविन सिंहको सिटिजन बैंकमा रहेको मोवाइल बैंकिङ्ग (९८६३०८९२६५) मा सहयोग रकम जम्मा गर्न पिडितपक्षले आग्रह गरेकाछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय