कोहलपुर भाद्र १७ । सामुदायिक सशक्तीकरण तथा रुपान्तरण कमिट नेपालको १७ औं साधारण सभा सम्पन्न भएको छ ।
सोमबार नेपालगंजमा कमिट नेपालका बोर्ड सदस्य देखि साधारण सदस्यहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरिएको हो ।
लुम्बिनी प्रदेस शभा सदस्य शुसिला नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका महासचिव सितरा नेपालीले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै संस्थाका कोषाध्यक्ष शान्ता नेपालीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाको प्रगति तथा आर्थिक प्रतिबेदन साधारण सभाले पारित गरेको संस्थाका कार्यकारी निर्देशक केशब नेपालीले जानकारी गराउनु भयो । सभामा कार्यकारी निर्देशक नेपालीले संस्थाले गरेका कामको उपलब्धि सीमा समस्या र चुनौतीका बारेका प्रकाश पार्नु भएको थियो ।
कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक बर्ष २०८०/०८१ मा भएको जम्मा खर्च एक करोड ६६ लाख ४८ हजार दुई रुपैया ९३ पैसा सभाले अनुमोदन गरेको छ भने २०८१/०८२ का लागि दुई करोड ६५ लाख सात सय १३ रुपैया ७६ पैसा अनुमानित बजेट पारित गरिएको संस्थाले जनाएको छ ।