काठमाडौ मंसिर ८ । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमालेले शक्ति प्रदर्शनकाे नाममा सडक फाेहाेर गरेको भन्दै काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ

शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।

फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय