शनिबार कोहलपुमा भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो अधिवेसशनका अवसरमा राष्ट्रिय दलित पत्रकार संघ बाँकेका अध्यक्ष कबिन्द्र परियाले आफ्ना बुवा स्वर्गीय मोतीलालको नामबाट दलित सवालमा कलम चलाउने पत्रकारलाई बार्षिक रुपमा नगद पुरुस्कार सहित सम्मान गर्ने घोषणा गर्नु भयो ।
दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले जिल्ला समिति चयन गरेको छ। कविन्द्र परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको अध्यक्ष कबिन्द्र परियारले जनाउनु भयो ।
अध्यक्ष परियारका अनुसार जिल्ला मितिको उपाध्यक्ष आशा परियार, सचिवमा शान्ति सुनार र सह सचिवमा सिम्रन विश्वकर्मा र कोषाध्यक्षमा रामगोपाल विश्वकर्मा सर्वसहमतिमा चयन भएका छन् । यस्तै सदस्यहरुमा प्रमिला विश्वकर्मा, जनता रैका, उमेश दलामी र प्रेम बैगार रहेका छन् । यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि र सल्लाहकार समितिसमेत चयन गरेको छ । बन्द सत्रबाट केन्द्रिय प्रतिनिधिमा कुशल दलामी र हेमन्त विक चयन हुनुभएको छ ।
यस्तै प्रदेश प्रतिनिधिहरुमा विद्युत्मा रैका, रुपा गहतराज,अनिता विश्वकर्मा र शुभाकर विश्वकर्मा चयन हुनुभएको छ । यस्तै सल्लाहकारहरुमा शिव सुनार, पुजन विश्वकर्मा, रुपा गहतराज, गणेश विशु र हेमन्त विक चयन गरिएको संघकी सचिव शान्ति सुनारले जानकारी दिनुभयो ।
उद्घाटन सत्रमा बोल्दै बोल्दै राष्ट्रिय दलित पत्रकार संघ, नेपालका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारले संघ नेपालका ६० लाख दलित समुदायको आवाज रहेको बताउनुभयो ।
उहाका अनुसार संघमा आवद्ध पत्रकारहरुमार्फत दलित समुदायका दबिएका आवाज बुलन्द गर्न आवश्यक छ र दलित सवालमा निरन्तर आवाज बुलन्द गर्ने काम दलित पत्रकारहरुको कर्तव्य भएको बताउनु भयो । यस्तै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले अहिलेपनि समाजको मूल प्रवाहमा आउन नसकेको समुदायहरुलाई समाचारका माध्यमबाट जागरुक बनाउनुपर्ने बताउनुभयो ।उहाले कोहलपुर नगरपालिकाले सिमान्तकृत समुदायलाई प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा संघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सचिव शिबकुुमार सुनारले दलितका मुद्दामा खोज र अनुसन्धान गर्दै मिडिया पैरबी गर्ने जिम्मेवारी दलित पत्रकारहरुको भएको बताउनुभयो उहाले दलित पत्रकारहरु सामाचारलेखनमा अब्बल हुनुपर्ने धाारणा राख्नु भयो ।
उद्घाटन सत्रमा शुभकामना दिने सम्पूर्ण वक्ताहरुले दलित पत्रकार संघले शसक्त संगठनका रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो। अधिवेशनको अवसरमा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य हेमन्त बि क नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष संगिन शर्मा दलित अभियन्नता खगेन्द्र सुनार पुजन बिश्वकर्मा पत्रकार प्रदिप वाग्ले पुष्प हमाल रुपा गहतराज लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।