नेपालगन्ज जेठ १३ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले रक्तदान कार्यक्रम सहित २२ औ कृष्ण सेन  (ईच्छुक) स्मृति दिवश मनाएको छ ।

सहिद कृष्ण सेन “इच्छुक” को स्मृती दिवसको अवसरमा एक औपचारिक कार्यक्रमको आयोजनागरि आईतबार नेपालगन्जमा रक्तदान कार्यक्रम गरीएको हो ।

भेरी अस्पतालको हाताभित्र रहेको रक्त संचार केन्द्रमा भएको रक्तदान कार्यक्रममा बिभिन्न क्षेत्रका २६ जनाले रक्तदान गरेको प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यजले जानकारी दिनुभएको छ ।

रक्तदानका कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै बिभिन्न वक्ताहरुले कृष्ण सेन ईच्छुकको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा सहभागी अतिथिहरुले ´ईच्छुक`ले नेपालमा भएका परिवर्तनकारी आन्दोलनमा ठुलो त्याग र बलिदान गरी महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरेका थिए ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खानले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको प्रशंसा गर्दै सेनको जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकालले नेपाली पत्रकारीता क्षेत्रमा कृष्ण सेन “इच्छुक” को योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकापा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति उपाध्यक्ष दुर्गा थारु (कविर), प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज डा. डक्टप्रसाद धिताल, नीति तथा परामर्श समितिका सदस्य सुशील शर्मा लामीछाने, केन्द्रिय सदस्य शिव सुनार, प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, लुम्बिनी प्रदेश सचिव गजेन्द्र गुरुङ, आलम खान लगायत बिभिन्न संघ संस्था तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

देशब्यापी रुपमा कृष्ण सेन “इच्छुक” को स्मृती दिवसका अवसरमा बिभिन्न कार्यक्रम आयोजना गरीएका छन । जसअन्तर्गत बाँकेमा रक्तदान कार्यक्रम आयोजना गरीएको हो ।

साहित्य लेखन सहित बहुप्रतिभाशाली ब्यक्तित्व पत्रकार ईच्छुक लाई  तत्कालीन शाही सरकारले २०५९ साल जेठ ६ गते गिरफ्तार गरी पत्रकार सेनको ७ दिनपछि जेठ १३ गते महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर हत्या गरेको थियो । सोही दिनको स्मृतीमा हरेक वर्ष जेठ १३ गते कृष्ण सेन ईच्छुकको स्मृती दिवस मनाउँदै आईएको छ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि ईच्छु्कको स्मृति दिवस मनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय