काठमाडौं जेठ २०। पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनको प्रशंसा गर्नुभएको छ । मन्त्री पुनले ल्याएको बजेट र नेपालको अहिलेको अवस्थामाथि विष्लेशण सकारात्मक देखिएको उहाँको भनाई छ ।

उहाँले भन्नु भयो ‘बजेट संक्षिप्तमा प्रस्तुत गर्ने कुराको सुरुवात गर्नुभयो । यसलाई राम्रो मान्नु पर्छ । बजेट तुलनात्मक रुपमा सन्तुलित पनि छ । यसलाई पनि राम्रो मान्नु पर्छ । आकारका हिसावले पनि सन्तुलित छ । स्रोतको प्रवन्ध गर्ने अविभारा सजिलो त छैन, तर त्यो आकाँक्षाका साथ ल्याउनु भएको छ ।

कतिपयले यसलाई महत्वकाँक्षी भनेका छन् । तर म यसलाई उच्च आकाँक्षा राखेको रुपमा भन्छ, पूर्व अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अर्थमन्त्रीले आफैं चुनौती सृजना गर्ने र सामना गर्ने जुन गर्नुभएको छ । यो राम्रो पक्ष हो । म सहज ढंगले होईन मुलुक र राष्ट्रका निम्ति चुनौती सामना गर्छु भनेर बजेटको स्रोत पूरा गर्ने कुरा गर्नुभएको छ । यो राम्रो हो । १२ खर्ब ६० अर्बको राजस्व संकलन सजिलो छैन । तर राज्यका सवै संयन्त्रहरु परिचालन गर्ने हो भने असम्भव होइन ।’

आइतबार बजेटमाथिको छलफलमा सहभागी हुँदै एमाले सांसद विष्णु पौडेलले वैदेशिक सहायता, वैदेशिक ऋण, आन्तरिक ऋण, आर्थिक वृद्धिलगायतका लक्ष्य पूरा गर्न सहज नभएको टिप्पणी गर्दै उहाँले असम्भव भने नरहेको बताउनुभयो । चालू आवको जेठ १६ गतेसम्म एक खर्ब २६ अर्ब मात्रै पुँजीगत खर्च रहेको उल्लेख गर्दै पौडेलले आगामी आवका लागि तीन खर्ब पुँजीगत खर्च गर्ने लक्ष्य सहज नभएको बताउनुभयो ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको विषयमा पनि पौडेलले फरक मत राख्नुभयो‘आर्थिक सुधारको कार्यक्रमका सन्दर्भमा सिफारिस गर्न उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने प्रस्ताव छ । यसमा मेरो सुझाव के छ भने– सामान्यतया पोलिसी विशेषज्ञहरूको कार्यदलले सेट गर्नेभन्दा पनि राजनीतिक नेतृत्वले हो । राजनीतिक नेतृत्वले गर्ने काम कार्यदललाई जिम्मा दिँदा त्यति उचित नहोला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय