कोहलपुर जेठ २२। राष्ट्रिय बादी सन्जाल कमिट नेपाल लगाएत बादी समुदायका अगुवाहरुले लुम्बिनी प्रदेश सरकार समक्ष बादी तथा सिमान्तकृत समुदायको उत्थान र बिकासका लागि बजेट छुट्याउन माग गरेकाछन ।

लुम्बिनी प्रदेश सभा सदस्य सुशिला बादीको अगुवाईमा राष्ट्रिय बादी सन्जालका अध्यक्ष केशब नेपाली कमिट नेपालका अध्यक्ष प्रकाश नेपाली सहित बादी समुदायका अगुवाहरु सोमबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महरालाई भेटगरी आफ्ना मागहरु राख्नुभएको हो।

साथै उहाँहरुले सहरी बिकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकाल , कृषि तथा भुमि ब्यबस्था मन्त्री भण्डारी लाल अहिर (यादब) , महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारी र सामाजिक बिकास मन्त्री रत्न बहादुर खत्री सङ्ग भेट गर्नुका साथै विभिन्न छलफल सम्वाद गरि प्रदेश सरकार को आ।ब २०८१/२०८२ को बजेट मा यस लुम्बिनी प्रदेश मा बसोबास गर्ने बादी ,सीमान्तकृत, अल्पसंख्यक र जोखिममा रहेका सामुदायहरुको शिक्षा, स्वास्थ्य , रोजगारी आवास, आय आर्जन ,सीप बिकास, सामाजिक सुरुक्षा भत्ता, नेतृत्व बिकास जस्ता विषयमा प्रयाप्त बजेटको ब्यबस्था गर्नुका साथै यी समुदायको अधिकार आत्म सम्मान र बिकासकोलागि बिशेष कार्यक्रम ल्याउन माग गरेको कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले जानकारी गराउनु भयो ।


समुदायका हिसाबले सबैभन्दा पछाडिपारिएको बादी तथा सिमान्तकृत समुदायका सवालमा लुम्बिनी प्रदेश सरकार संग समयमै छलफल र सम्बादका साथ योजना माग गरिएकाले यश पटक लुम्बिनी प्रदेश सरकारले बादी तथा सिमान्तकृत समुदायको उत्थानका लागि प्रयाप्त बजेट बिनियोजन हुने बिश्वासमा आफुहरु रहेको बादी बिकास सन्जालका अध्यत्र केशब नेपालीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय