कोहलपुर असार २ । सामुदायिक रेडियो प्रतिबोध एफएमले संचालन गरेको आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
दलित समुदायका युवाहरुलाई संचार क्षेत्रमा पहुँच बृदि गर्नुका साथै पत्रकारिता क्षेत्रमा क्रियाशिल गराउने उद्देश्यले संचालन गरिएको तालिमको आज एक औपचारिक कार्यक्रम गरि समापन गरिएको हो ।
गत जेठ ३१ गते देखि असार २ गते सम्म कोहलपुरमा संचालन गरिएको आधारभुत पत्रकारिता तालिममा २२ जना दलित युवाहरुको सहभागिता रहेको थियो ।
सामुदायिक रेडियो प्रतिबोध एफएमका अध्यक्ष शिबकुमार सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य शुसिला बादी नेपालीले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी प्रदेशसभा सदस्य नेपालीले पत्रकारिता क्षेत्र बाटै दलितका मुद्दा उठान गर्नुपर्ने बताउनु भयो । पत्रकार भनेको समाजको ऐना भएकाले ग्रामिण क्षेत्रका समस्याहरु लाई बाहिर उजागर गर्नुपर्ने बताउनु भयो साथै उहाँले दलित युवाहरुका लागि पत्रकारिता क्षेत्रको बृद्धीबिकासका लागि रेडियो प्रतिबोध एफएमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोबिन्द पाण्डेले आफुले लिएको तालिमलाई ब्यवहारमा उतार्नुपर्ने बताउनु भयो । उहाँले मेहनत र लगनशिलताले नै मानिसलाई अगाडी बढ्न सहजहुने भएकाले मेहनतमा कमि नराख्न अनुरोध गर्नु भयो ।
कार्यक्रम लाई सम्नोधन गर्ने क्रममा कोहलपुर नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक ईश्वरी प्रसाद बि क ले दलित र महिलाहरुका लागि पत्रकारिता क्षेत्रबाट पनि राम्रो अवसर र संभावना भएकाले पत्रकारिता पेशालाई बिरन्तरता दिनुपर्ने बताउनु भयो उहाँले तालिमका सहभागीहरुलाई थप एडभान्स लेवलको तालिम आवश्यकता भएको अवस्थामा कोहलपुर नगरपालिका बाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा दलित सेवा संघका महासचिव कृष्ण बि क दलित सेवा संघ बाँके अध्यक्ष बुध बहादुर सुनार लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
चारदिन सम्म संचालन गरिएको उक्त तालिममा रुपा गहतराज कबिन्द्र परियार र पबित्रा परियाले प्रशिक्षण गर्नुभएको थयो ।