कोहलपुर असार ६ ।संयुक्त दलित संघर्ष समिति बाँकेले नयाँ आर्थिक बर्ष २०८१/०८२ का लागि दलित लक्षित नीति तथा कार्यक्रमका लागि बजेट बिनियोजन गर्न माग गर्दै बाँकेका आठ वटेै पालिकामा ज्ञापनपत्र बुझाएको छ ।
संयुक्त दलित संघर्ष समितिका बाँके संयोजक कृष्ण बि के रसाईलीको नेतृत्वमा सचिवालयको टिमले २२ बुंदे दलित लक्षित कार्यक्रम सहित बाँकेका आठबटै पालिकामा पुगि पालिका प्रमुखलाई उक्त ज्ञापनपत्र बुझाएकाहुन ।

संघर्ष समितिले बुधबार बैजनाथ कोहलपुर राप्तीसोनारी र नरैनापुरमा गाऊँपालिकामा ज्ञापनपत्र बुझाएका थिए
भने आज बिहिबार डुडुवा नेपालगंज उपमहानगरपालिका जानकी र खजुरा गाँउपालिकामा ज्ञापनपत्र बुझाएको छ ।     संघर्ष समितिले अन्तरजातिय बिवाह गर्ने जोडिलाई प्रोत्साहन स्वरुप एकलाख नगद पुरुस्कारको ब्यवस्था गर्नुपर्ने, हरेक पालिकामा दलितको तथ्यांक संकलन गर्नुपर्ने, उच्च शिक्षा अध्यनका लागि दलित समुदायका छात्र छात्राहरुलाई छत्रबृत्तिको ब्यवस्था गर्नुपर्ने,दलित सुदायका छात्रछात्राहरुलाइ निशुल्क प्राविधिक शिक्षा हासिलगर्ने बातारण गर्नुपर्ने, दलित समुदायका परम्परागत सीप लाई आधुनिकरण गर्नुपर्ने,सबै पालिकामा जातियभेदभाव न्युनिकरणका लागि हरेकपालिकामा दलित निगरानी केन्द्र गठनगर्नुपर्ने लगायत २३ वुंदे माग गरिएको संघर्ष समिति बाँकेका संयोजक कृष्ण बि के रसाईलीले जानकारी दिनुभयो ।


संयोजक रसाईलीका अनुसार हिजो बुधबार बैजनाथ, कोहलपुर, राप्तिसोनारी र नरैनापुरमा ज्ञापनपत्र बुझाईएको थियो भने आज बिहिबार डुडुवा नेपालगन्ज उपमहानगरपालिका जानकी र खजुरामा बुझाईएको छ ।

बैजनाथ कोहलपुर राप्तीसोनारीमा पालिका प्रमुखहरुले ज्ञापनपत्र बुझेका थिए भने नरैनापुरमा प्रमुख प्रशासकिय अधिकृतले बुझेका थिए ।
आज पुगेका सबै पालिका प्रमुखहरुको ध्यानाकर्षण गराईएको छ सबैबाट दलित समुदायका लागि उठाईएका मुद्दा र मागहरु पूरा गर्ने प्रतिबद्धता समेत आएको संघर्ष समितिका सचिव डिल बहादुर परियारले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय