कोहलपुर भदौ १ । कोहलपुर नगरपालिका वडा नँ ११ लोकनगरमा रहेको शहिद स्मृति केन्द्र नेपाल नामक संस्था लाई माओवादी केन्द्रको जनबर्गिय संगठनका रुपमा नबुझ्न आग्रह गरिएको छ ।
शहिद स्मृति केन्द्र नेपालले शनिबार एक बिज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो ।
केहीदिन यता विभिन्न अट्कलबाजी गरि जनमानसमा शहिद स्मृति केन्द्र तथा शहिद समृति भवन माओवादीको पार्टी कार्यालय र माओवादीकै जनबर्गीय संगठन रहेको भन्ने जस्ता भ्रामक टिकाटिप्पनी गरिएको प्रति ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
शहिद स्मृति भवनमा नेकपा माओवादी केन्द्रले भाडामा लिई पार्टी कार्यालय संचालन गर्दैमा माओवादी केन्द्रकै भवन वा संस्था लाई माओवादी कै जनबर्गीय संगठनका रुपमा नबुझ्न र आम जनमासमा रहेको भ्रम चिर्ण यो बिज्ञप्ती जारिगरिएको बिज्ञप्तिमा उल्लेख छ ।
शहिद स्मृति केन्द्रका कार्यवाहक अध्यक्ष कुबेर बहादुर रिजाल द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा भनिएको छ माओवादीको नेतृत्वमा संचालन गरेको जनयुद्धमा शहिद र बेपत्ता हुनुभएका महान शहिदहरुको अमूल्य योगदानलाई स्थापित गराउदै सामाजिक सेवा प्रदान गर्ने हेतुले संस्था स्थापना गरिएको बिज्ञप्तिमा उल्लेख छ। शहिद स्मृति केन्द्र नेपाल शहिद तथा बेपत्ता परिवारहरुको योगदान र सक्रियतामा स्थापना गरिएको एक स्वायत्त स्वतन्त्र संस्था भएकोले कुनैपनि राजनितिक दलको योजना र निर्देशनमा नचल्ने जनाईएको छ । साथै यो संस्था बैधानिक तवरले गृहमन्त्रालय अन्तर्गतको निकायमा दर्ता गरिएको र यसको २०६९/०७० जि.का.द.नँ १२२४ रहेको पनि बिज्ञप्तिमा उल्लेख गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय