कोहलपुर भाद्र १६ । राजनितिक आस्था र बिचारबाट माथी उठी दलितका साझा सवालमा एक ढिक्का हुने प्रण गर्दै संयुक्त दलित संघर्ष समिति बाँकेले तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।
तीज पर्व नजिकै गर्दा महिला दिदीबहिनीहरु बिच दलित एकता आजको आवश्यकताको सन्देश प्रवाह गर्ने उद्देश्य सहित संयुक्त दलित संघर्ष समिति बाँकेले आईतबार कोहलपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।


तीज मिलन कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका सामाजिक बिकास समिति संयोजक ईश्वरी प्रशाद बि क ले सदियौ देखि उत्पिडनमा पारिएको दलित समुदाय बिचको एकता नहुदा सम्म दलितका अधिकार सुनिश्चित नहुने बताउनुभयो । उहाँले आफ्नो अधिकार प्राप्तीका लागि दलित समुदाय संगठित हुन आवश्यक भएको बताउनु भयो ।
यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै संयुक्त दलित संघर्ष समिति बाँकेका संयोजक कृष्ण बि के रसाईलीले दलित समुदाय अहिले सम्म अरुकालागी भोटबैंक मात्र भएकाले अब अरुका लागि हैन आफ्ना लागि एक ढिक्का हुनुपर्ने बताउनुभयो । उहाँले आगामी ८४ को निर्वाचनमा दलित समुदायबाट विभिन्न तहमा उम्मेदवार बन्ने र राज्यका सबै तहमा अर्थपुर्ण सहभागीता सुनिश्चित गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले पुराना सबै राजनितिक दलहरु बाट दलित समुदाय लाई उपेक्षामा पारिएकाले अब आफ्ना लागि आफै लाग्नुपर्ने धारणा ब्यक्त गर्नु भयो ।
करिब चार सय जनाको सहभागीता रहेको उक्त कार्यक्रममा दलित संघर्ष समितिका अगुवाहरु अमर बिश्वकर्मा डिल बहादुर परियार निर्मला सुनार लगायतले दलित सवालमा धारणा राख्नु भएको थियो ।
कार्यक्रमको पहिलो चरणको उद्गघाटन शत्र समापन पश्चात् दर खाने र नाचगान गरि रमाईलो गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय