कोहलपुर भदौ २८ । सहिद स्मृति केन्द्र नेपालको नवौंसाधारण शभा सम्पन्न भएको छ ।
शुक्रबार कोहलपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि साधारण शभा सम्पन्न भएको हो ।
सहिद स्मृति केन्द्र नेपालका अध्यक्ष ओम प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न साधारण शभाको प्रमुख अतिथिमा सहिद कमल दाहाल र दुर्गा बहादुर दाहालको ९६ बर्षिया आमा अभिमाया दाहाल रहनु भएको थियो । प्रमुख अतिथि दाहालले मैनबत्ती बालेर कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो ।
साधारण शभामा स्मृति केन्द्रका सचिव तिलक सिंह कार्कीले प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन संस्थाकी कोषाध्यक्ष खेनुमाया पाठकले प्रस्तुत गर्नु भएको थियो । दुबै प्रतिबेदन सहित संस्थाका अध्यक्ष सापकोटाले प्रस्तुत गर्नु भएको आगामी कार्ययोजना सभाबाट पारित भएको थियो ।


कार्यक्रममा अतिथिकारुपमा रहनु भएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पुर्व मन्त्री महेश्वर गहतराज अथकले संस्थाले सहिद परिवारका सदस्यहरुका लागि जिविकोपार्जन गर्न शीपमुलक तथा आयमुलक जस्ता कार्यक्रमहरु संचालन गर्नु पर्ने सुझाव दिनुभएको थियो । उहाँले सहिदहरुको बलिदानले नयाँ ब्यवस्था ल्याएको हुनाले सहिदहरुको सम्मानमा कमि नगर्न आग्रह गर्नु भयो ।
शुभकामना मन्तब्यकै क्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बाँके ईन्चार्ज पुर्णा कुमारी सुबेदीले सहिद परिवारको योगदानलाई कसैले पनि भुल्न नहुने बताउदै सहिद परिवारको सुखदुखमा सबैले साथ दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार प्रकाश सुवेदी चन्द्रकान्त बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्स कोहलपुर नगर अध्यक्ष अवराज खड्का लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
साधारण शभाका अवसरमा संस्थामा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका सहिद परिवारहरु लाई सम्मान गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय