धनगढी बैशाख १७ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित हनुभएको छ ।
सोमबार सम्पन्न मतगणनामा भण्डारीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्यको सिट सुरक्षित गर्न सफल हनुभएको हो ।
एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका सिंह ११ हजार ३४३ मा सीमित रहनुभयो । भण्डारी र सिंहको मतान्तर २६६ मात्र रहेको छ ।
माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ८३१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार २१४ मत ल्याए ।
२०७४ मंसिरको प्रदेशसभा निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले यो क्षेत्रबाट जित्नुभएको थियो । गत वर्ष असारमा भएको सडक दुर्घटनामा परी सिंहको निधन भएकाले उपचुनाव भएको हो । यो चुनावमा कांग्रेसले पृथ्वीबहादुरकै छोरा अभिषेकलाई उम्मेदवार बनाएको थियो । तर अभिषेकले जित जोगाउन सक्नुभएन ।