बाँके नेपालगंज  साउन २४। सीमान्तकृत तथा अल्पसंख्यक समुदायकको आर्थिक सामाजिक आधिकार तथा न्यायका लागि पैरबी गर्ने उद्देश्य सहित बाँकेमा बुध बहादुर सुनारको अध्यक्षतामा जिल्ला स्तरीय समन्वय मंच गठन गरिएको छ ।

युएस आईडी  नागरीक समाज तथा सञ्चार कार्यक्रम र द एसिया फाउन्डेसनको साझेदारीमा कमीट नेपालद्वारा सञ्चालित सीमान्तकृत समुदायकको आर्थिक सामाजिक आधिकार तथा न्यायका लागि सामूहिक अभियान कार्यक्रम अन्तर्गत सीमान्तकृत तथा अल्पसंख्यक समुदायको लागि जिल्ला स्तरीय समन्वय मञ्च गठन गरएको हो ।

बिहिबार नेपालगंजमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बुद बहादुर सुनारको संयोजकत्वमा १९ सदस्सीय मंच  गठन गरिएको जनाईएको कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले जानकारी गराउनभयो ।

कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा तथा बाँके जिल्लाका विभिन्न संघ संस्था तथा सामाजिक अभियन्ता हरुको उपस्थिमा सम्पन्न भएको थियो।कार्यक्रमको संचालन कमिट नेपालका पहँच परियोजना संयोजक सीता विष्टले गर्नु भएको थियो र कार्यक्रमको बारेमा बिस्तृत जानकरी एबम सहजीकरण कमिट नेपालका कार्यकारी निर्देशक केशब नेपालीले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय