कोहलपुर १५ कार्तिक । लुम्बिनी प्रदेशमा अल्पसंख्यक तथा सिमान्तकृत समुदायका युवाहरुको प्रदेश स्तरिय सम्मेलन सम्पन्न भएको छ ।
युएसआईडी द एसिया फाउण्डरशनको साझेदारिमा नागरीक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत कमिट नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
यही कार्तिक १३ र १४ गते दाङको लमहीमा भएको युवा सम्मेलनले रेणु गन्धर्वको अध्यक्षतामा १७ सदस्यीय लुम्बिनी प्रदेश स्तरिय समिति गठन गरिएको कमिट नेपालका कार्यकारी निर्देशक केशब नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुम्बिनी प्रदेश भित्रका ८० जना सिमान्तकृत समुदायका युवाहरुको सहभागिता रहेको थियो ।
सीमान्तकृत समुदायकको आर्थिक सामाजिक आधिकार तथा न्यायका लागि सामूहिक अभियान कार्यक्रमलाई कमिट नेपालले पालिका स्तरमा पनि समिति गठन गरेको छ
दुईदिन सम्म संचालन भएको उक्त कार्यक्रमको अध्यक्षता कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथीकारुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य रहनु भएको थियो ।
कार्यक्रमको सहजीकरण कमिट नेपालका कार्यकारी निर्देशक केशब नेपाली र सन्चारीका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराजले गर्नु भएको थियो