नेपालगंज जेठ २१ । बाँकेका दलित अगुवाहरुले राजनितिक आस्था र बिचारबाट माथीउठी सिङ्गो दलित समुदाय एकजुटहुन आह्वान गरेकाछन ।

आज सोमबार जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशका अवसरमा संयुक्त दलित संघर्ष समिति बाँकेले नेपालगंजमा आयोजना गरेको सरोकारवाला बिचको अन्तरसम्बाद कार्यक्रममा अधिकांस दलित अगुवाहरुले अब दलित समुदायको एकता र संघर्षको बिकल्प नरहेको बताएकाछन ।
संयुक्त दलित संघर्ष समिति बाँकेका अध्यक्ष कृष्ण बि के रसाईलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाऊपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि डम्बरबहादुर बि क तुफानले दलित समुदाय एकढिक्का नभए प्राप्त दलित अधिकार गुम्ने खतरा रहेको बताउनु भयो ।

उहाँले दलित समुदाय शीपकलाले भरिपुर्ण ऐतिहासिक बैज्ञानिक समुदाय भएता पनि बिगतको राज्यसत्ताले बैज्ञानिक समुदायलाई कामको आधारमा अछुत बनाई गरिब बनाएको बताउनुभयो । उहाँले नेपाली जनताको संघर्ष र बलिदानबाट आँसिक उपलब्धि भएपनि सही कार्यान्वयनको अभावमा दलित समुदाय प्रताडित भएको बताउदै सिङ्गो दलित समुदाय एकताबद्ध भएर अगाडी बढ्न आह्वान समेत गर्नु भयो ।

यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै संयुक्त दलित संघर्ष समिति बाँकेका संयोजक कृष्ण बि के रसाईलीले दलित समुदायलाई राजनितिक दलहरुले लामो समय सम्म प्रयोग मात्र गरेको र दलितका मुद्दामा दलहरु सकारात्मक नभएको बताउनुभयो । उहाँले ब्यवस्था फेरिएपनि दलितको अवस्था नफेरिएको उल्लेख गर्दै दलित समुदाय राजनितिक बिचार र आस्थाबाट माथीउठी दलित सवालमा एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।


बाँके जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शंकर बि क ले दलित समुदायमा शिक्षा गरिबी र कानुन् सम्बन्धि अनबिज्ञता भएका कारण समस्यामा परेकाले दलित समुदायले शिक्षामा जोड गर्नुपर्ने बताउनुभयो । उहाँले दलित समुदायका मुद्दाका सवालमा परामर्श र सहयोग चाहिएमा आफुले जुनसुकै बेलामा सहयो गर्न तयार रहेको बताउदै आगामी २०८४ को निर्बाचनमा दलितहरुको प्रतिनिधित्व बढाउन दलित समुदायमा एकरुपता भई आजै देखि तयारीमा जुट्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सरोकारवाला निकायको तर्फ बाट बोल्दै कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनु भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तुल बहादुर कार्कीले दलित समुदायका मुद्दाहरुलाई आफुले प्राथमिकता दिने प्रतिबद्धता जनाउदै जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता नगरेमा हुलाक मार्फत पनि दर्ता गर्न सकिने जनाउनु भयो ।
कार्यक्रममा बाँके जिल्लाका सबै पालिकाका संयुक्त दलित संघर्ष समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो स्थानिय प्रतिनिधिहरुले प्रहरी प्रशासनले नै दलितका सवाललाई वास्ता नगरेको गुनासो पोखे उनीहरुले अन्तरजातिय बिवाह गरेका दलित समुदायका युवाहरु अहिले बलात्कार मुद्दामा परेर जेल जीवन बिताई रहेको बताए । जातिय बिभेदका घट्नाहरु लाई प्रहरी प्रशासनले वेवास्ता गर्दा दलितहरुले न्याय नपाइरहेको बताउदै दलितका सवालमा प्रहरी प्रशासन सम्वेदनशिलहुन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय