कोहलपुर अशोज १२ । नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार कोहलपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि संस्थाको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको हो
संस्थाको अध्यक्ष राधा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संस्थाका महासचिव लक्ष्य बहादुर बिक ले सन्चालन गर्नुभएको थियो । कार्यक्रम को प्रमुख अतिथि घरबहाल सरोकार महासंघ नेपाल का केन्द्रीय सह कोषाध्यक्ष तिलक सिंह कार्की रहनुभएको थियो यसै गरि कार्यक्रम मा सहभागी हरु लाई संस्थाका बरिष्ठ उपाध्यक्ष मेगराज अधिकारिले स्वागत गर्नु भएको थियो। कार्यक्रम मा शुभकामना दिदै प्रमुख अतिथि कार्की ले बाँके जिल्लाका स्थानिय सरकार बहालमैत्रि बन्न नसकेको कुरा बताउनु भयो , बहालमैत्री स्थानिय सरकार: कर प्रणालिमा व्यापक सुधार; भन्ने घरबहाल मञ्चको मुल नारा भयता पनि स्थानिय सरकार ले बहाल क्षेत्रका समस्या लगायत घरबहाल कर ब्यवस्थित गर्न नसकेको र पटक पटक ध्यानाकर्षण गराउदा पनि समस्या सम्बोधन नगरेको ले स्थानिय सरकार बहालमैत्री हुन नसकेको कुरा बताउनु भयो । बाँके जिल्ला लाई बहालमैत्री जिल्ला बनाउन घरबहाल मञ्चले अब प्रभावकारी आन्दोलनकै रुपमा वार्षिक कार्ययोजना बनाई लाग्नु पर्ने र बहालमैत्री स्थानिय सरकार कर प्रणालिमा व्यापक सुधार भन्ने नारा अब मञ्चको मात्रै नभई स्थानिय सरकारको हुनु पर्ने कुरा बताउनु भयो।यसै गरि कार्यक्रम मा उपस्थित घरबहाल सरोकार महासंघ लुम्बिनि प्रदेश का सचिव देबेन्द्र पौडेल घरबहाल उपभोक्ता मञ्चका सल्लाहकार डोलराज अरयाल कानुनी सल्लाहाकार अधिबक्ता जिलेस्वर चौधरि ले साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नु भयको थियो ।